साफ महिला यु -१९ मा भारत च्याम्पियन

पाेखरा | माघ २४, २०८२

साफ महिला यु -१९ मा भारत च्याम्पियन PHOTO: SUDARSHAN RANJIT

भारतले साफ यु‌ १९ महिला फुटबल च्याम्पियन्ससिपको उपाधि जितेको छ।

 

भारतसँग ४-० ले पराजित भएपछि बंगलादेशले उपाधि रक्षा गर्न सकेन । पोखरा रगंशालामा आज भएको फाइनलमा बंगलादेशलाई हराएपछि भारत तेस्रो पटक यु १९ च्याम्पियनस बनेको हो।

 

भारतले यसअघि सन् २०२२ र २०२४ मा यो उपाधि जितेको थियो। समूह चरणमा बंगलादेशले भारतले २-०, नेपाल ४-० र भुटान १२-० ले हराएको थियो।

 

५ पटकको च्याम्पियन बंगलादेशले फाइनल भने समूह चरणको प्रदर्शनलाई दोहोराउन सकेन ।‌ बंगलादेश यसअघि २०१८,२०२१,२०२३,२०२४ र २०२५ मा च्याम्पियन बनेको थियो।

 

२०२४ मा बंगलादेशमा भएको फाइनलमा दुई टोलीबीच विवाद भएपछि साफले दुबै टोलीलाई विजेता घोषणा गर्दै संयुक्त रुपमा उपाधि दिएको थियो।

 

आज एकपक्षिय खेलको पहिलो हाफमा १-० ले अग्रता बनाएको भारतले दोस्रो हाफमा ३ गोल थप्यो। ४२ औँ मिनेटमा जुलान नोङमाइथेमको गोलमा भारतले अग्रता बनायो। ६३ औँ मिनेटमा एलिजावेथ लार्काको गोलमा भारतले अग्रता दोब्बर पार्यो।

 

त्यसको पाँच मिनेटमा नै पर्ल फर्नान्डेजको गोलमा भारतले आरामदायी अग्रता बनायो। ८३ औँ मिनेटमा अंविता रघुरमनको गोल थपेपछि भारतले सहजै खेल जित्यो ।

 

च्याम्पियनसिपमा बंगलादेश अपराजित रहँदै फाइनल खलेको थियो। बंगलादेश शीर्ष र भारत दोस्रो स्थानमा रहेर फाइनल खेलेका हुन्। ४ टोलीको सहभागिता रहेको च्याम्पियनसिपमा घरेलु टोली नेपाल तेस्रो र भुटान चौथो स्थान भएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्